प्रवासीको पिडामा जिफन्टको सहयोग

बैदेशिक रोजगारका शिलशिलामा मलेशियामा कार्यरत याम बहादुर चन्दको उपचारको क्रममा जेठ २ मृत्यु भए पछी नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको पहलमा जेठ २६ गते उहाको शव नेपाल ल्याइ परिवारलाइ बुझाएको छ ।

सुर्खेत जिल्लाको बिरेन्द्रनगर बसोवास गर्ने चन्द चार वर्ष अगाडी बैदेशीक रोजगारी शिलशिलामा मलेशिया पुग्नु हो । उहा केही दिन अगाडी बिरामी भइ हस्पीटलले भर्ना हुनु भएको थियो ।

उनको शवलाई नेपाल ल्याउन जिफन्ट प्रवाशी डेक्सले मलेशियाका लागि नेपाली दुताबाससंगको समन्वयमा नेपालमा शव ल्याएको र जिफन्टकै पहलमा शवलाइ मृतकको घर सम्म नि शुल्क पुर्याएको जिफन्ट प्रवाशी डेकक्सका संयोजक जनक बि.कले जानकारी दिनुहुदै मृतकको परीवारलाइ नेपाल ट्रेड युनियन महासंघको तर्फबाट श्रमिक परिवारमा राहत पुर्याउन हर सम्भव प्रयासरत रहिरहने समेत बताउनु भएको छ । स्वर्गिय याम बहादुर चन्दका १ श्रीमती, १ छोरी, १ छोरा रहेको छ ।